मोरङको सुन्दर हरैँचामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङको सुन्दर हरैँचामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ८ बिराटचोकमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराती पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापाको कन्काई नगरपालिका ३ का ४४ बर्षीय पेशल के.सी.को उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्हरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा परी ट्रकमा सवार रहेका ईटहरीका यम.पी. रुस्तम र मित्रलाल न्यौपाने घाईते भएका छन् । उनीहरुको बिराटनर्सिङ होममा उपचार भईरहेको तथा ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ । ट्रक र मोटरसईकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्