उद्योगी महेन्द्र गोल्छाको स्मृती दिवसः विराटनगरमा बिभिन्न कार्यक्रम

उद्योगी महेन्द्र गोल्छाको स्मृती दिवसः विराटनगरमा बिभिन्न कार्यक्रम

विराटनगर । संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको १० औं वार्षिक स्मृतिमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरंगको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा माल्यार्पण गरिएको हो । उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरंग व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडा, संगठनका पूर्व अध्यक्ष्ँ, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरुका साथै उद्योगी÷व्यवसायीहरुले पुष्पगुच्छा एवं मल्र्यापण गरेका थिए।

उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा शालिन र उद्योगी व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताए । अध्यक्ष्ँ घिमिरेले स्व. गोल्छा औद्योगिक समस्या समाधानमा सदैव सक्रिय रही व्यवस्थापन र मजदुरका बीच सुमधुर सम्बन्ध स्थापना गर्ने खालका ब्यक्ति भएको स्मरण गरे ।
स्व. गोल्छाले संगठनको विकास विस्तार र संगठनको उत्थानमा पु¥याउनु भएको योगदान कै कारण सगठन पुर्ब कै नीजि क्षेत्रको प्रतिनिधि मूलक र अग्रणी संस्थाको रुपमा स्थापना हुन सफल भएको अध्यक्ष घिमिरेले स्मरण गरे ।
महानगरपालिकाका प्रमुख भीम पराजुली, संगठनका अध्यक्ष्ँ, पूर्व अध्यक्ष्ँ, वरिष्ठा उपाध्यक्ष्ँ, उपाध्यक्ष्ँहरु, कोषाध्यक्ष्ँ, कार्यकारिणी समिति सदस्यहरु, महिला उद्यम समितिका सदस्यहरुले कोशी अञ्चल अस्पतालमा उपचार गराई रहेका करिव तीनसय विरामीहरुलाई फलफूल वितरण गरेका थिए । त्यस्तै अशोक चोक स्थित विराटेश्वर वृद्धा आश्रममा खाद्यान्न वितरण गरी त्यहा रहेका ४८ जना वृद्धहरुका लागि सहभोज आयोजना गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

१० औं स्मृतिमा मंसिर महिनाको २७ गते शुक्रवार अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्