बेलवारीमा एक महिलाको कारुणिक चित्कार ‘चुहुने छाप्रोमा रातभरको त्रास’

बेलवारीमा एक महिलाको कारुणिक चित्कार ‘चुहुने छाप्रोमा रातभरको त्रास’

विराटनगर । सोमबर विहानको करिब ६ बजेको थियो । करिब५० बर्ष जस्तो देखिने एक महिला लक्ष्मी मार्गमा रहेको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको घर अगाडी पुगिन् । निन्याउरो अनुहार, कतिदिन नसुतेको जस्तो जिङ्ग्रीङ्ग परेको कपाल अनी उनको अनुहारले केही मागिरहेको जस्तो । कुनै पीडाका बिचमा उनी न्यायको आशामा भौतारिएकी जस्तो अबस्थामा उभिएकी ति महिलाको बारेमा उपमेयरले केही जानकारी लिन खोजिन् । जन प्रतिनिधि तथा न्यायीक समितिको संयोजक भएकोले बिभिन्न समस्या भएका महिला तथा पुरुषहरु उपमेयर पराजुलीकोमा आउनु सामान्य जस्तै हुन्थ्यो । तर यी महिलाको पीडा अरुको भन्दा केही पृथक देखियो । यसरी आफ्नो घरमा आएकी ति महिलाको बारेमा उपमेयर पराजुलीले जानकारी लिँदै गईन् ।


यस्तो दर्दनाक पीडा
ति महिलाको आर्थिक अबस्था एकदमै कमजोर रहेछ। उनका श्रीमान् करिब दुई बर्ष पहिला जेल गएका रे, गाउँकै महिलालाई बलात्कार गरेको आरोपमा । घरमा भएका तीन जना सन्तान पनि सबै अरुको घरमा काम गर्नको लागि राखेको रहेछ । धेरै बोल्न नसक्ने ति महिलाले आफ्ना कुरा भन्दै गर्दा उपमेयर उनीपनि पीडा भावमा देखिन्थिन् । बेलवारी नगरपालिका ९ को नलबारी चोकमा एउटा गाईको चुहुने गोठको आश्रयमा बसेको जानकारी दिईन् । पानी पर्दा चुहुने अनी घाम लाग्दा घाम छिर्ने छालको गाईको गोठ उनी बस्ने घर । झिक्राले बारेको टाटीले उनलाई त्रास मात्र गरायो ।

रातीको समयमा गलत सोच बोकेका पुरुषहरु आउने अनी जिस्क्याउने तथा आक्रमणको प्रयास भएपछि उनी मन थाम्न नसकेर उपमेयरको सहारामा आएको सुनाईन् । घरमा खान र लाउने केही नभएको बारेमा उनले उपमेयर पराजुलीलाई सुनाईन् ।
उपमेयर सहितको टोली छाप्रोमा
बिहानै आएकी ति महिलाको बारेमा सबै जानकारी लिएकी बेलवारी नगरपालिकाकी उपमेयर ढाका पाराजुलीले बिपद्को लागि राखेको त्रिपाल, ब्लाङ्केट उपलब्ध गराएको बताईन् । तत्काल बिपद्को बेलामा उपलब्ध गराउनको लागि राखिएको सामाग्रीहरु उपलब्ध गराईएको र अब दिर्घकालको लागि एउटा घर बनाउने योजना रहेको जानकारी दिईन् ।

टोली विकास संस्था र वडा कार्यालय मार्फत जग्गा खोजेर घर निर्माण गर्नको लागि साझेदारी बनमा काठ उपलब्ध गराउन भनिएको बताईन् । ‘तत्कालको लागि सुरक्षित बासको ब्यवस्था मिलाउनको लागि सबै मिलेर सानो सुरक्षित घर निर्माण गरिदिने कुरा भएको छ, उपमेयर पराजुलीले भनिन्, अत्यन्तै कारुणिक र जोखिमपूर्ण जीवनयापनलाई सहज बनाउने प्रयास हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्