स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर र अमरराजलाई साढे ११ वर्षको जे

<span class='c1'>स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर</span> <span class='c2'>र अमरराजलाई साढे ११ वर्षको जे</span>

काठमाडौ, मङ्सिर ३ गते । सार्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ ।
तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो ।
सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो । साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख गरी पाँच लाख र सरकारका तर्फबाट पाँच लाख गरी पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्