सिरहामा भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जना सार्वजनिक

सिरहामा भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जना सार्वजनिक

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ ।

भारत विहार ४० वर्षीय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नगरपालिका–१० मा कस्दैआएका ३८ वर्षीय फूलगेन साह, सोही नगरपालिका– ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका – ४ का २० वर्षीय जितेन्द्र साह, धनुषा कमलामाई नगरपालीका– ६ सखुवामडानका २५ वर्षीय अजयकुमार महतो र २१ वर्षिय राजलाल महतोलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

यादवको शव कात्तिक २१ गते विहान सिरहा नगरपालिका १२ सारस्वरस्थित कमला नदीको पूर्विकिनारमा फेला परेको थियो । भारतीय प्रहरीको समन्वयमा उनको पहिचान खुलेको जनाइएको छ ।

भारत घर भएका धामी यादव फुलगेन साहसँगको चिनाजानीमा सिरहा र धनुषामा झारफुकको काम गर्दै आएको थियो । फुलगेनसँग लेन देनसमेत रहेको यादव यसक्षेत्रमा झारफुकको नामा अनैतिक कृयाकलाप पनि गर्ने गरेकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमाप्रसाद चतुर्वेदिले जानकारी दिए ।

उनले भने, ‘घटना अनुसन्धानको क्रममा झाँक्री यादवले झारफुक गरको विरामी निको पनि नहुने र जहाँ गायो त्यही अनैतिक व्यहार देखाउने गरेकोले हत्यासम्मको योजना बनेको देखिएको छ । हाम्रो अनुसन्धान अझै जारी छ ।’
धामी यादवले छोरीको विवाहमा फूलगेनसँग ८५ हजार रुपयाँ सापटी लिएको र उक्त रुपयाँ फिर्ता मागेपछि उनीहरुवीच मनमोटाव भएको बताइन्छ । त्यही रकम फिर्ता मागेपछि फूलगेनकै हत्या गर्ने षडयन्त्र गरेको फूलगेनले चाल पाएपछि धामीबाट पीडितहरुलाई भेला गरी फूलगेनले नै यादवको हत्या योजना बनाएको प्रहरीको भनाइ छ ।

योजना अनुसार नै फुलगेनले कात्तिक २० गते लहानमा मेरो सासु विरामी छ भन्दै धामी यादवलाई बोलाई सिरहा सदरमुकाम पुर्याको प्रहरीले बताए । त्यहाँबाट विभिन्न बाहाना बनाउँदै सिरहा नगरपालिका– १२ सारस्वरमा कमला नदीको पूर्वीकिनारमा धारिलो खुकुरी प्रहार गरी हत्या गरेको एसपी चतुर्वेदीले बताए ।

घटना भएको भोलिपल्ट विहान ८ बजेमात्र स्थानीयले जानकारी अनुसार प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीको अनुसन्धानबाट पहिला फुलगेन पक्राउ परेका थिए । फूलगेनकै बयानको आधारमा हत्यामा संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मृतक यादवको झोला धनगढीको एक पोखरीबाट बरामद गरेको जनाएको छ । हत्यामा प्रयोग भएको खुकुरीपनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्नरहेकाहरुको पनि धामीले झारफुक गरेको बताएको छ । उनले झारफुक गरेकाहरुको बिरामी पनि निको नहुने र अनैतिक व्यवहारका कारण पनि रुष्ट भएकाले हत्यासम्मको योजना बनेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्