प्रदेश नम्बर १ पर्यटन : तमोर नदिमा रमाउदै जलयात्री

प्रदेश नम्बर १ पर्यटन : तमोर नदिमा रमाउदै जलयात्री

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेका छ । अहिले ¥याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ । नेपालमा रहेका ¥याफ्टिङ कम्पनीको सम्पर्कमा विदेशी पर्यटक आएर तमोरमा जलयात्रा गर्ने गरेका छन् ।
कात्तिकयता तमोर नदीमा जलयात्रा गर्न विभिन्न देशका पर्यटक आउन थालेका छन् । इलाका प्रहरी कार्यालय चाँगे दोभानका अनुसार गत कात्तिक ५ गते पाँच जना विदेशीसहित पहिलो टोली आएर तमोरमा ¥याफ्टिङ गरेका थिए । त्यसपछि क्रमशः कात्तिक ११ गते चार जना, कात्तिक १६ गते आठ जना विदेशीसहित पर्यटकको टोलीले जलयात्रा गरेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक निरौलाका अनुसार चौथो पटक कात्तिक २७ गते ३० जना विदेशीसहितको टोलीले तमोरमा जलयात्रा गरेको छ । काठमाडौँको ¥याफ्टिङ स्टार कम्पनीमार्फत छ जना जापानका पर्यटकसहितको टोलीले ¥याफ्टिङ गरेका छन् । सोही दिन अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स र इटालीका समेत २४ जना विदेशीसहितको टोलीले जलयात्रा गरे ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५, चाँगे र मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको सङ्गमस्थल दोभानबाट जलयात्रा सुरु गरी पर्यटक धनकुटाको मूलघाट हुँदै सुनसरी धरानको चतारा निस्कने गरेका छन् । तमोर मैवा दोभानबाट सुरु हुने जलयात्राका लागि ताप्लेजुङ क्षेत्र अर्थात फूलबारी पुछारसम्म बढी छाल भएकाले केही असजिलो भए पनि बाँकी चतारासम्मको जलयात्रा सहज रहेको ¥याफ्टिङ स्टार कम्पनीका गाइड सुरेशकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार जलयात्राका लागि सुरुको एक दिन केही अप्ठ्यारो भए पनि स्वच्छ र सफा पानी साथै रमणीय दृश्यका कारण पछिल्लो समय विदेशी पर्यटक ¥याफ्टिङ गर्न तमोरलाई रुचाउन थालेका छन् । विदेशी पर्यटकको रुचिसँगै प्रतिव्यक्ति एक हजार दुई सय डलर (नेपाली करिब एक लाख ९८ हजार रुपियाँ) असुल गरी काठमाडौँबाट ताप्लेजुङसम्म ल्याएर पर्यटकलाई तमोर नदीमा जलयात्रा गराउने गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार दोभानबाट सुरु भएको जलयात्रा काबेली दोभान, माझीटार, मूलघाट हुँदै पाँच दिनमा चतारा पुगेर टुङ्गिने छ ।
विदेशी पर्यटक तमोरमा जलयात्रा गर्न ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल तिनजुरे–मिल्के–जलजले (टीएमजे) हुँदै आउने गरेका छन् । गुराँसको राजधानीका नामले परिचित पर्यटकीय क्षेत्र टीएमजे हुँदै पदयात्राका क्रममा उच्च हिमशृङ्खला, हिमाली घाँसे मैदान लगायतका मनोरम पर्यटकीय स्थलको दृश्यावलोकनसमेत गर्न पाइने हुँदा तमोर नदी आकर्षक जलयात्राको गन्तव्य बन्दै गएको ¥याफ्टिङ व्यवसायीहरू बताउँछन् ।
तमोर नदीमा अझै बढीभन्दा बढी विदेशी पर्यटक बढाउन आवश्यक प्रचारप्रसार नपुगिरहेको ¥याफ्टिङ स्टारका गाइड चौधरीले बताउनुभयो । उहाँका अनुसार विदेशी पर्यटकको उपस्थिति बढाउन ¥याफ्टिङ व्यवसायी तथा कम्पनीहरूको पहलले मात्र पर्याप्त हुनेछैन ।
तमोर नदीलाई जलयात्राको गन्तव्यका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सङ्घ र प्रदेश सरकार तथा स्थानीय तहसमेत लाग्नुपर्ने व्यवसायीको सुझाव छ । व्यवसायीका अनुसार तमोर नदीलाई देशकै आकर्षक जलयात्राको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।
ताप्लेजुङ १ ‘ख’ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले तमोर नदीलाई जलयात्राको गन्तव्य बनाउन र हालको तमोर जलयात्रा प्रारम्भ हुने स्थल दोभानलाई समेत पर्यटकीय गन्तव्य बनाउन योजनाको सोचमा रहेको बताउनुभयो । उहाँले हालको पर्यटकीय क्षेत्र टीएमजे र गुफा पोखरी क्षेत्र हुँदै चाँगेको गोर्जासम्म पर्यटकीय पदमार्ग बनाउने र गोर्जालाई ‘प्याराग्लाइडिङ स्पट’का रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । गोर्जाबाट हुने प्याराग्लाइङि दोभानमा अवरण गराउने र त्यसपछि पर्यटकहरूले तमोरमा ¥याफ्टिङ गर्नेगरी योजना बनाउन
लागेको उहाँको भनाइ छ ।
उहाँले यही परिकल्पना अनुसार स्थानीय सरकारको हैसियतमा रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलालाई योजना बनाउन सल्लाह दिएको बताउनुभयो । गुराँसको राजधानी टीएमजे हुँदै पर्यटकीय पदमार्ग, प्याराग्लाइडिङ स्पट र तमोर जलयात्राको गन्तव्यका रूपमा विकास गर्न सके यसक्षेत्र पर्यटकको पहिलो रोजाइको केन्द्र बन्नसक्ने प्रदेशसभा सदस्य आङ्बुहाङको बुझाइ छ । आयोजनाले तमोर जलयात्राको सम्भावनालाई झनै बलियो बनाएको उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्