बिराटनगरको विकासबाट निराश जनताले टासे मेयर पराजुलीको तस्बिर पोल-पोलमा

बिराटनगरको विकासबाट निराश जनताले टासे मेयर पराजुलीको तस्बिर पोल-पोलमा

बिराटनगर मङ्सिर ३ ,

सार्वजनिक ठाउँमा ठेकेदारको तस्बिर टाँसेर नैतिक दबाब दिने क्रम बिराटनगरमा पनि सुरु भएको छ ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि विराटनगरवासीको आखामा ठेकेदार नभएर बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको तस्बिर टासिएको छ ।  सडक निर्माणमा ढिलो गरेको भन्दै विराटनगर–६ का स्थानीयले मेयर पराजुलीको  तस्बिर  सडकको पोलमा राखेका छन् ।

कोसी राजमार्गबाट बिराटनगरको शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले मेयरको फोटो राखेर विरोध जनाएका हुन्। उक्त तस्बिरमा लेखिएको छ  ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ , साथमा मेयर पराजुलीको तस्बिर पनि रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्