रंगेलीको बेतौना नाकाबाट भारत तर्फ गोरुको तस्करी, २३ गोरु नियन्त्रणमा

रंगेलीको बेतौना नाकाबाट भारत तर्फ गोरुको तस्करी, २३ गोरु नियन्त्रणमा

विराटनगर । मोरङको रंगेली नगरपालिका २ बेतौना नाकाबाट नेपालबाट भारत तर्फ गोरुको तस्करी हुने गरेको पाईएको छ । गएराती सो नाका हुँदै भारत तर्फ लग्दै गरेको अबस्थामा प्रहरीले २३ वटा नियन्त्रणमा लिएसँगै सो नाका भएर गोरुरको तस्करी हुने गरेको पाईएको हो ।
रातीको समयमा रंगेली २ आफन्त ईटा भट्टा नजिकैबाट अबैध रुपमा भन्सार छलि भारत तर्फ पैदल लाँदै गरेको २३ वटा गोरुहरु प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र अस्थायी प्रहरी चौकी बेतौनाबाट कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गोरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको गोरु भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्