२२ मंसिर २०७६, आईतवार

सुनसरीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना, चालकको मृत्यु

सुनसरी । सुनसरीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। बराहक्षेत्र नगरपालिका८ शुक्रबारे –कोशी बाँधमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलको को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर धनी तथा चालक मण्डललको च्यापिएर ज्यान गएको हो । च्यापिएको अबस्थामा उद्दार गरी बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान लग्ने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस