उद्योग सगठनद्धारा विराटनगर भन्सार कार्यालय प्रमुखको विदाई र स्वागतसँगै, दोहोरो सम्बन्धमा जोड

उद्योग सगठनद्धारा विराटनगर भन्सार कार्यालय प्रमुखको विदाई र स्वागतसँगै, दोहोरो सम्बन्धमा जोड

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको स्वागत गर्दै विराटनगर भन्सारबाट सरुवा भएका भन्सार प्रमुख मिमांश अधिकारीको विदाई गरेको छ। त्यस्तै आन्तरिक राजश्व कार्यालयमा सरुवा भएर आएका प्रमुख कर अधिकृत विमल सापकोटाको पनि एक कार्यक्रमका बिच स्वागत गरेको हो । कार्यक्रममा विराटनगर भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंगको समन्वयमा सगठनले उद्योगी व्यवसायीहरुका समस्याहरु समाधान हुँदै आएको जानकारी दिईएको थियो ।
संघठनका अध्यक्ष भिम घिमिरेले कर प्रशासन र उद्योगी व्यवसायी वीचको समन्वयले उद्योग र व्यापारको प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । उनले निरन्तरको अन्तरकृया र छलफलले उद्योग व्यवसायको समस्या समाधानमा सहयोग पुग्ने भएकाले उद्योगी व्यवसायी र कर प्रशासन वीचको अन्तरकृयालाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

अध्यक्ष्ँ घिमिरेले निरन्तरको छलफलले भन्सार तथा कर कार्यालयसंग सम्वन्ध थप प्रगाढ हुनुका साथै व्यापार सहजीकरणमा समेत मद्दत पुग्ने वताउदै व्यापार सहजीकरणका लागि संगठन भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयसंग हातेमालो गर्न सदैव तयार रहेको जानकारी दिए ।
विराटनगरबाट सरुवा भई जान लागेका मिमांश अधिकारीले उद्योगी व्यवसायिको समस्या समाधानमा अपनाउनु भएको सक्रियता, आयात निर्यातमा सहज वनाउन पु¥याउनु भएको सहयोगका लागि आभार व्यक्त गरे ।

विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत शिव भण्डारीले आयात निर्यातका साथै भंन्सारसंग सम्वन्धित समस्या समाधानमा आफु सदैव तत्पर रहेको बताए । उनले विराटनगर भन्सार कार्यालयबाट हुने आयात निर्यात सहज र सरल वनाउदै छिटो छरितो तरिकाले काम हुने वातावरण वनाउन आफनो सदैव सहयोग रहने बताए ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटाले कर प्रशासन र करदाताको सम्वन्ध नङ मासुको जस्तै भएकाले आन्तरिक राजश्व कार्यालयले उद्योग व्यवसायको विकास र प्रोत्साहनका लागि सदैव सहयोग पु¥याउने वताए । कर प्रशासन र उद्योगी व्यवसायी वीचको अन्तरकृया भईरहनु पर्नेमा जोड दिँदै उनले कर सप्ताह कार्यक्रम सफल पार्न उद्योगी व्यवसायीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयबाट सरुवा भएका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले भन्सारसंग सम्वन्धीत समस्या निराकरणका लागि उद्योगी व्यवसायिबाट प्राप्त सहयोगको प्रशंसा गरे।
कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, संजय अग्रवाल, विपिन कावरा लगायत विभिन्न समितिका सहसंयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्