सुर्ती उद्योगसहित ७ वटा कम्पनीका सञ्चालकविरुद्ध १० करोड रुपैयाँ कर छलीको मुद्दा दायर

<span class='c1'>सुर्ती उद्योगसहित ७ वटा कम्पनीका सञ्चालकविरुद्ध १०</span> <span class='c2'>करोड रुपैयाँ कर छलीको मुद्दा दायर</span>

काठमाण्डौ ।  काठमाण्डौका विभिन्न सुर्ती उद्योगविरुद्ध कर छलीको मुद्दा दायर भएको छ ।

सुर्ती उद्योग, केही कम्पनी र सञ्चालकविरुद्ध १० करोड १५ लाख रुपैयाँ बिगो र ३/३ वर्षका दरले  कैद सजाय माग गरेर राजस्व अनुसन्धान विभागले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

ग्रीन टोबाको कम्पनीका सञ्चालक प्रभुराम थापा, सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका सरोज केसी, आरएस स्टोरका मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका सुष्मा गोयन्का, गोल्डेन टोबाको इन्डष्ट्रिज, सहयोग सुर्ती उद्योगका सञ्चालक दिनेश बसुकला र ओम साई सुर्ती उद्योगकी सञ्चालक जानुका कार्कीविरुद्ध कर छलीको मुद्दा दायर भएको हो ।

उनीहरुले अन्तशुल्क स्टिकर नलगाइ सुर्तीजन्य पदार्थ उत्पादन गरेर बेचेको, अभिलेख मौज्दात फरक देखिएको तथा नक्कली बिल बीजक प्रयोग गरेको भेटिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्