लायन्स क्लब अफ विराटनगर सिटी आँखा जाँच शिविर लिएर गाउँ छिर्‍यो

लायन्स क्लब अफ विराटनगर सिटी आँखा जाँच शिविर लिएर गाउँ छिर्‍यो

विराटनगर । लायन्स क्लब अफ विराटनगर सिटीले ग्रामीण भेगमा आँखा जाँच तथा स्वास्थ्य शिविर चलाएको छ । मंगबलार एकै दिन १३ अलग-अलग कार्यक्रम गरिएको क्लबले जनाएको छ ।

क्बलका अध्यक्ष घनश्याम पोखरेलले मोरङको सुनवर्षी नगरपालिकाको शान्ति क्षेत्र आधरभूत विद्यालयमा निःशुल्क आँखा शविर संचालन गरेको बताए । जसमा ७ सय ७६ जनाले आँखा जाँच गराए ।  रामलाल गोल्छा आँखा अस्पताल र  ओम वहेलनेश अस्पतालको सहयोगमा शिविर गरिएको हो । त्यहाँ ३२ जनामा मोतियाबिन्धु भेटिएको थियो ।उनीहरुको निःशुल्क शल्यक्रिया गरिने छ ।

मंगलबार नै आयोजना गरिएको स्वास्थ्य शिविरमा उच्च रक्तचाप जाँचमा १ हजार १ सय ११ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । मधुमेहबारे पनि जनचेतनामुलक कार्यक्रम गरिएको छ ।  आँखा जाच गरिएको ७ सय ७५ जनालाई आवश्यक पर्ने औषधि निःशुल्क वितरण गरिएको थियो । सुनवर्षी नगरपालिका ६ का वडा अध्यक्ष तेजनारयण ताजपुरियाको उपस्थितिमा कार्यक्रम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्