आलम र प्रहरी बीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनाव

आलम र प्रहरी बीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनाव

गौर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्।

असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन्। आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए। आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए।

हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ। अन्नपुर्ण पोष्टले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्