विराटनगरमा अब तरकारी तथा फलफूल घरमै आउछ अनलाइनबाट

विराटनगरमा अब तरकारी तथा फलफूल घरमै आउछ अनलाइनबाट

विराटनगर मङ्सिर ४,

अब बिराटनगरमा ताजा तरकारी, फलफूल, साग सब्जी तथा दैनिक घरमा चहिने भान्साको सामान अनलाई अर्डर गरेर घरमै मगाउन सकिने छ ।

गुड्री डट कम अनलाइन पोर्टलको माध्यमबाट विराटनगरमा अनलाइन तरकारी तथा फलफूल अडर गर्न सकिने छ । अडर गरिएको सामान ९०(नब्बे) मिनट भित्र उपभोक्ताको घरमा होम डेलिभरी गरिनेछ ।

डेलिभरी भएको समानको गुणस्तर सु:निश्चितता न भएमा उही दिन प्रतिस्थापन नीति सेवा पनि रहेको छ।

गुड्री डट कमको वेवसाईट तथा मोबाइल एपबाट अडर गरेर सामान मगाउन सकिनेछ । प्रदेश नम्बर १ मै पहिलोपटक सुरु भएको यस कम्पनीले ग्राहकको ब्यस्त जिवनमा छरितो सुविधाको निम्ति उक्त कम्पनी सुरु गरेको कम्पनीका निर्देशक लोकेस धारेवा ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्