२२ मंसिर २०७६, आईतवार

मोरङको रतुवामाईमा रुखबाट लडेर एकजनाको मृथ्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ५ आनन्द चौकका ५५ वर्षीय बालवोध रायको बुधबार दिउँसो मसलाको रुखबाट लडेर मृत्यु भएको छ । हाँगा काट्नका लागि रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस