विराटनगरको एम्स कलेजको सिमा अतिक्रमणको बिरोधमा खबरदारी

विराटनगरको एम्स कलेजको सिमा अतिक्रमणको बिरोधमा खबरदारी

विराटनगर । विराटनगर–९, मा अवस्थित एम्स कलेजका स्नातक तहका विद्यार्थीहरुले एक कार्यक्रम गरि सिमा अतिक्रमणको बिरोधमा खबरदारी गरेका छन् । कलेजले आयोजना गरेको कार्यक्रममा हालसालै भारतले नेपालीभुमि अतिक्रमण गरि सार्वजनिक गरेको नक्साका बारेमा चर्चा गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगिताका माध्यामबाट बिद्यार्थीहरुले राष्ट्रियताले भरिएका तथा राष्ट्रियता रक्षाका लागि देशलाई आइपरे कुनै कसुर बाँकी नराख्ने , अब कुनै जात, धर्म, लिङ्ग , भौगोलिक परिचयको मानसिकता नराखि देश बचाउनतिर लाग्ने विचार ब्यक्त गरे ।
सुगौली सन्धि, जनगणना, स्थानिय बासिन्दाले जग्गा मालपोत तिरेको प्रमाण, महाकाली नदि, भारत र नेपाल बिच भएका पटक पटकका सन्धीका बारेमा भएका कुरा बिद्यार्थीको चर्चाको बिषय बन्यो ।
बि.बि.एस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरिएको कार्यक्रममा बि.बि.एस प्रथम बर्षकी छात्रा बिना अधिकारी प्रथम, सोनिया उप्रेती द्धितीय र दोस्रो बर्षकी छात्रा स्नेहा दास तृतीय भईन् । कार्यक्रममा कलेजका प्रमुख सि.एम. बस्नेतले विद्यार्थीहरुले देखाएको देशभक्ति भावना प्रति सम्मान ब्यक्त गर्दै छिमेकी देशको हेपाह प्रवृती सहेर बस्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्