१९ श्रावण २०७७, सोमबार

विराटनगरको विकेभिएमकी सुमिका वादविवादमा प्रथम

विराटनगर । विराटनगर–११ स्थित विकेभिएम बोर्डिङ स्कुलकी छात्रा सुमिका निरौला विराटनगरमा भएको विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएकी छन् ।
लायन्स क्लब अफ विराटनगर युनाइटेड र लियो क्लब अफ विराटनगर युनाइटेडले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार विराटनगरमा आयोजना गरेको प्रतियोगितामा डेढ दर्जन प्रतियोगीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा मार्टस बोर्डिङका आदित्य झा द्वितीय, मदरल्याण्ड बोर्डिङका सौगात गरागाईंले तृतीय स्थान हासिल गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित र ओम ढकालको निर्णायक समितिले पुरस्कृत विद्यार्थीको नाम घोषणा गरेको थियो ।
‘विज्ञान र प्रविधिभन्दा अध्यात्मले जीवनलाई सुखी बनाउँछ’ भन्ने विषयमा भएको प्रतियोगितामा ज्ञान सारथि बोर्डिङ स्कुल विराटनगरकी निमिशा बुढाथोकी र मोरङको पिनाकल ज्ञान मन्दिरकी छात्रा जेसिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेता विद्यार्थीहरूलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए–वान का जोन चेयर पर्सन रमेश खत्री, लायन्स क्लबकी अध्यक्ष कला खड्का, लियो क्लब अफ इन्टरनेशनल ३२५ ए–वानका पूर्वअध्यक्ष कैलाश खाकी श्रेष्ठ, लियो युनाइडेटका अध्यक्ष अरिफ अन्सारीलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-2

Country Confirmed Death
Nepal2033257
India180369538135
China879854669
Malaysia8999125
Qatar111107177
Australia17938208
US4667955154860
Saudi Arabia2788352917