विप्लव माओवादी परित्याग गरि मोरङ जिल्ला सेक्रेटरी सहित तीनजना नेकपामा प्रवेश

विप्लव माओवादी परित्याग गरि मोरङ जिल्ला सेक्रेटरी सहित तीनजना नेकपामा प्रवेश

विराटनगर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी मोरङका सक्रेटरी नवराज नेपालसहित तीन जना सत्तारूढ दल नेकपामा प्रवेश गरेका छन् । विराटनगरस्थित नेकपा मोरङको पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमको बिच पार्टी प्रवेश गरेका हुन् ।
नेकपा प्रवेश गर्नेहरूमा विप्लप समूहको मोरङ जिल्ला सक्रेटरी नेपाल, नगर सदस्य माधव पन्त र सन्दिप सापकोटा रहेका छन् । उनीहरूलाई नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्री कुमार काफ्ले, केन्द्रीय सदस्य विनोद ढकाल, महेश रेग्मी, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिब गणेश उप्रेती, विराटनगर नगर अध्यक्ष सागर थापालगायले फुलको गुच्छा र अविरमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्दै नेपालले समाजवादको यात्रा नेकपाले मात्र पूरा गर्ने भएकोले यस पार्टीमा प्रवेश गरेको बताए । नेपाली जनताले क्रान्ति नचाएको उल्लेख गर्दै उनले समाज रुपान्तरणको यात्रामा अब अगाडी बढने उनले बताए ।
कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का सह–इन्चार्ज सावित्री कुमार काफ्लले नवप्रवेशीहरूलाई पार्टीले उचित स्थान र भुमिका दिएर अगाडी बढने बताए । नेकपा मोरङका सचिब गणेश उप्रेतीले एकताबद्ध भएर पार्टीको दिदा निर्देशलाई अगाडी बढनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्