प्रदेश १को मन्त्री परिषद चाँडै बिस्तार हुने

प्रदेश १को मन्त्री परिषद चाँडै बिस्तार हुने

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले चाँडै प्रदेश १ को मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। धनकुटामा प्रेस संगठन धनकुटाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले मन्त्रिपरिषद विस्तार बारे पार्टी भित्र छलफल भइरहेको बताए ।
मन्त्री परिषदको विस्तार सँगै प्रदशे सरकारले आफ्नो गतीलाई थप बढाउने उनले स्पष्ट पारे ।
प्रदेश सरकारले धनकुटामा शिक्षण अस्पताल बनाउन लागेको मन्त्री घिमिरेले बताए । धनकुटामा प्रदेशस्तरीय शिक्षण अस्पताल बनाउन विज्ञ टोली गठन गरिएको र त्यसलाई सम्भाव्यता अध्ययन गर्न जिम्मा दिइसकेको बताएका हुन्। फरक प्रसंगमा मन्त्री घिमिरेले प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त प्रदेश बनाउने तयारी गरिरहेको बताए। त्यसका लागि प्रदेशमा सडकमा बस्ने कति मानिस छन् भनेर अध्ययन भइरहेको बताए । अरु मन्त्रालयमा के भएको थाहा नभएको बताउँदै मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयअन्तर्गतको काम तीव्र भइरहेको दाबी गरे ।
उनले शिक्षामा ऐन नबन्दा समस्या भएकाले ऐन बनेपछि सबै समस्या समाधान हुने पनि बताए। प्रदेश सरकारले शिक्षा निर्देशनालय कार्यालय स्थापना गरे पनि निर्देशन दिने निकाय नभएकाले त्यसको प्रभावकारिता नदेखिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रदेश सरकार मातहत हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्