विराटनगरका लालबाबु पण्डित सरकारबाट आउट उद्योगी मोती दुगडको ईन्ट्री

विराटनगरका लालबाबु पण्डित सरकारबाट आउट उद्योगी मोती दुगडको ईन्ट्री

विराटनगर । नेकपाको नेतृत्वमा सरकार बनेको २१ महिना पछि मन्त्री मण्डल पुनर्गठन भएको छ । पुनर्गठित मन्त्री मण्डलमा विराटनगरका लालबाबु पण्डित आउट भएका छन् भने मोती दुगडको ईन्ट्री हुने भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डिलाई मन्त्री मण्डलबाट निकालिएको छ । साइएकल मन्त्रीको रुपमा पहिचान बनाएका उनलाई मन्त्रीको जिम्मेवारीबाट हटाईएको हो । त्यस्तै अर्का धनाढ्य राष्ट्रिय मोती दुगड भने मन्त्रीमण्डलाई ईन्ट्री हुँदैछन् ।

पूनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदाइ गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

थपिएका नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा पार्वत गुरुङ, कृषि तथा पशुपन्क्षी घनश्याम भुषाल र उद्योग,वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

त्यसैगरी मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई शहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।उपप्रधानमन्त्री उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई सुम्पिएको छ भने उनलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै पदमुक्त गरिएकाहरुमा कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषिराज्यमन्त्री रामकुमारी चौधरी छन् । प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामाबली राष्ट्रपति कार्यालयले हिजो राति विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्