कांग्रेस महामन्त्री सशांक कोईरालाले भने ‘मोहम्मद आलमको सत्यतथ्य छानविन होस्’

कांग्रेस महामन्त्री सशांक कोईरालाले भने ‘मोहम्मद आलमको सत्यतथ्य छानविन होस्’

कुमोद अधिकारी ।
विराटनगर । नेपाली कांग्रेसका महामंत्री डा संशाक कोइरालाले भारतले अतिक्रमण गरेको लिपोलेक र कालापानी भु–भाग तत्काल नेपाललाई फिर्ता गर्नुपर्ने वताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै महामन्त्री कोइरालाले नेपालको भुभागलाई भारतले आफनो नक्सामा देखाउनुु गलत भएको वताए । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कालापानी र लिपुलेक नेपालको भुभाग हो भनेर भनि सक्नु भएकाले यो विषय चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।
पार्टी भित्र गुटउपगुट हटदै गएको भन्दै आगामी उप निर्वाचनमा कांग्रेस एक भएर अघि वढेको उनको भनाइृ छ । राजनितिक स्थायीत्व र पार्टीलाई सुुद्धिढ वनाउनपनि पार्टीमा आन्तरिक एकता आवश्यक रहेको उनले औल्याए ।
महामन्त्री कोईरालाले मोहम्मद आफताव आलमको विषयको घटना सत्य तथ्य छानविन हुनु पर्ने वताए । उनले कसैलाई जवरजस्ती फसाउने भन्दापनि घटनावारे सत्यतथ्य पत्ता लगाएर वास्तविक कुरा वाहिर ल्याउनुुुपर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्