न्युरोद्वारा बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर संचालन

न्युरोद्वारा बालबालिकाको लागि निशुल्क स्वास्थ्य शिविर संचालन

विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ६५ औं अन्तराष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । मदर एण्ड चाइल्ड हस्पिटलको आयोजना तथा रोटरी क्लब अफ बिराटनगर डाउन टाउनको सहकार्यमा बिराटनगर महानगरपालिका वडा नं ४ मा रहेको श्री लक्ष्मीनारायण मन्दिर जीयर शैक्षिक संस्थामा अध्यनरत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
‘आजका बालबालिका भोलीका अभिभावक’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ । स्वस्थ्य परिक्षणको क्रममा बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले बालबालिकाहरूको आधारभूत स्वास्थ्य आवश्यकताहरु पूरा गरी उनिहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।
यस्तै रेटरी क्लब अफ बिराटगर डाउन टाउनका अध्यक्ष गंगा प्रसाद यादबले न्यूरो हस्पिटलको सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण आगामी दिनमा समेत गरिने बताए । हस्पिटलका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुरेश प्रसाद साह र बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप साहले बिद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए ।
हस्पिटलले यस अघि भानु , होलिल्याण्ड, कान्तिपूर, गौत्म बुद्ध मेमोरीयल, देबकोटा, मदर टेरेसा स्कुललमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्