विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’ विरुद्ध विरोध ¥याली प्रर्दशन

<span class='c1'>विराटनगर रानीमा विद्यार्थीको ‘भारतीय विस्तार’</span> <span class='c2'>विरुद्ध विरोध ¥याली प्रर्दशन</span>

विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् ।


विराटनगर– १५ मिल्स एरिया स्थित श्री मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कूलका विद्यार्थी, शिक्षक तथा स्थानियवासी विरोध ¥यालीमा सहभागी थिए ।
उनीहरूले ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’, भारतीय सेना कालापानी छोड, राष्ट्रभक्तिको नाराले देश बचाउँ साराले, पहिलो प्राथमिकता सिमालार्य दे, मगन्ते प्रवृत्ति बन्द गर, लगायत लेखिएको प्ले कार्ड, नाराबाजी गरिएको थियो । उनीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।


नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको विद्यार्थीहरुको भनाई छ । भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदा सम्म चुप लागेर नबस्ने विद्यार्थीहरुले चेतवानी दिएका छन् ।
भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा ¥याली निकालिएको स्कुलका प्रिन्सिपल ओमकार आचार्यले जनकारी दिए ।
स्कूल परिसरबाट निस्किएको ¥यालीले सिमा क्षेत्रसम्म पुगेर स्कूलमा आएर सम्पन्न गरिएको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्