चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित : वालसन्त

चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित : वालसन्त

विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन धार्मिक संघसंस्थाहरुले समर्थन सहयोग गरेकाले पनि नेपालको महाकुम्भ विश्वमै स्थापित भएको वताउनुभयो ।

उहाले नेपाल राष्ट्र र नेपाली जनताको गौरवको रुपमा रहको महाकुम्भलाई असफल वनाउने चौर्तफि प्रयास भएपनि सवै प्रयास भएपनि त्यो सफल हुन नसकेको वताउनुभयो । उहाले नेपालको महाकुम्भ पनि भारतमा लाग्ने नासिक , उज्यन, प्रयाग तथा हरिद्धारको कुम्भमेला जस्तै सम्मान र गरिमा प्राप्त गरि सकेकाले नेपालीको यो आस्था र विश्वासलाई कसैलेपनि असफल वनाउन नसक्ने दावी गर्नुभयो ।
विगतमा वर्षहरुमा चतराधाममा आयोजना भएको महाकुम्भमेला सफल भएको खुशियालीमा भारतको वृन्दावनमा आफुलाई भव्य स्वागत र अभिनन्दन गरेको उहाले वताउनुभयो । भारतका विभिन्न ९ वटा आखडा तथा सन्त समाजले गरेको अभिनन्दनले पनि नेपालमा कुम्भमेला स्थापित भई सकेको प्रष्ट हुन्छ उहाले भन्नुभयो । आफु सहित तिनसयभन्दा वढि नेपालका सन्त महन्तलाई सम्मान गरेको उहाको भनाई थियो । सुनसरीको चतराधाममा २०५९ सालवाट कुम्भमेला प्रारम्भ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्