बिराटचोकमा चोरी गरेर भाग्दै गर्दा स्थानीयद्धारा चोर पक्राउ

बिराटचोकमा चोरी गरेर भाग्दै गर्दा स्थानीयद्धारा चोर पक्राउ

विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन । बिहिबार साँझ ६ बजेको समयमा काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशिष मगरलाई घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । प्रहरी चौकी बिराटचोकबाट गएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले मगरको साथबाट ल्यापटप थान १, पेन ड्राईभ थान–१ लगायत अन्य किराना सामान सहित नगद ४ हजार ५ सय बरामद गरेको छ । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्