विराटनगरका क्रिकेट पारखीहरुलाई बेलायतका क्रिकेट कोचले प्रशिक्षण दिने

विराटनगरका  क्रिकेट पारखीहरुलाई बेलायतका क्रिकेट कोचले प्रशिक्षण दिने

विराटनगर,६ मंसिर । दिगो विकासको लक्ष्य लैङ्गिक समानताको वकालत गर्न विराटनगरमा क्रिकेट प्रशिक्षणको आयोजना गरिने भएको छ ।
नेपाल क्रिकेट फाउन्डेसन, कनेक्टिङ क्लब अन्तराष्ट्रियको आयोजनामा तथा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको सहकार्यम ‘क्रिकेट फर इकुआलिटि ’ कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल क्रिकेट फाउन्डेसनले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर महानगनगरपालीका र कटहरी गाँउपालीमा शनिबारदेखी १० दिने क्रिकेट प्रशिक्षण दिने भएको छ ।

[caption id="attachment_99992" align="alignnone" width="1408"] नेपाल क्रिकेट फाउन्डेसनले विराटनगरमा ‘क्रिकेट फर इकुआलिटि ’ शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै
तस्वीर ः म्याकुरी[/caption]

क्रिकेट प्रशिक्षणको लागी विराटनगरका ६ वटा सामुदायिक , २ वटा निजी र एसओ एसका छात्राहरुलाई १० दिन सम्म प्रशिक्षण गराईने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।
अन्य क्षेत्रमा जस्तै क्रिकेट क्षेत्रमा पनि महिलाहरुलाई सहभागिता जनाउदै अगाडी बढाउन महिलाहरुलाई यो तालिमले ठूलो सहयोग मिल्ने श्रेष्ठले बताए । विराटनगरमा रहेका महिला खेलाडीहरुलाई बेलायतबाट आएका ईङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ का कोच जोनाथन फ बोथले प्रशिक्षण दिने भएका छन् । प्रशिक्षण तालिमकोे विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीले उदघाटन गर्ने भएका छन् ।
सन २०१७ र २०१८ मा भएको ‘क्रिकेट फर इकुआलिटी’कार्यक्रममा लैङ्गिक समानताको गोष्ठी र प्रशिक्षण कार्यक्रमको आयोजना भएको श्रेष्ठले बताए । यस अघि विराटनगरका १४ स्कुल र ३ कलेजका २ हजार विद्यार्थी ‘क्रिकेट फर इकुआलिटी’कार्यक्रममा सहभागी भएका थिए । ‘क्रिकेट फर इकुआलिटि’ कार्यक्रमको सम्पूर्ण खर्च कनेक्टिङ क्लब अन्तराष्ट्रियले व्यहोरने आयोजकले जनाएको छ ।
एन्जु शिवाकोटी( म्याकुरी)
प्रशिक्षार्थी पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्