दुरुपयोग हुँदैछन् सरकारी गाडी, विराटनगरमा एउटै मोटरसाईकलमा चार जना यात्रु

दुरुपयोग हुँदैछन् सरकारी गाडी, विराटनगरमा एउटै मोटरसाईकलमा चार जना यात्रु

विराटनगर । विराटनगरको ब्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाईकल अघि अघि थियो । त्यो मोटरसाईकलमा चालक सहित चारजना यात्रु थिए । एउटै मोटरसाईकलमा चार जना यात्रु त्यो पनि भिडभाडका बिच भन्ने लाग्यो । अनी अघि हिँड्दै गरेको मोटरसाईकललाई विस्तारै पछाडी पार्न खोजेँ अनी नम्बर हेरेँ सरकारी रहेछ । को १ ब १५७७ नम्बरको मोेटरसाईलमा चार जना चढेका थिए । सरकारी गाडी त्यो पनि कार्यालय समय बाहिर यसरी चार जना बोकेर हिड्नु कति जायज होला भन्ने लाग्यो र फोटो खिचियो । अनी ति मोटरसाईकल चालकलाई सोध्दै थिएँ उनी सिधै बोल्दै नबोली सेन्ट्रल मलमा सपिङका लागि पार्किङ स्थलमा मोटरसाईकललाई पार्किङ गर्न तर्फ लागे ।
मोटरसाईकलमा बस्ने अन्य ब्यक्ति स–साना भएपनि चलाउने चालक को हुन् अनी उनी कुन कार्यालयमा काम गर्छन् भनेर जान्ने ईच्छा थियो तर उनको मुख ढाकिएकोले चिन्ने भने मौका मिलेन । उनीसँगै भित्र प्रबेश गर्न खोज्दा भित्रबाट अर्को सवारी बाहिरिँदै गरेकोले उनीसँगै भित्र प्रबेश गर्न पाईएन । सेन्ट्रल मलको अगाडीको भागमा सडक कालोपत्रे भएकोले पस्चिमकोद्धार मात्र खोलिएको थियो ।


पछिल्लो समय यसैगरी सरकारी गाडीहरु दुरुपयोग हुँदै आएका छन् । कतिपय अबस्थामा सरकारी गाडीले तस्करीको काम गरिरहेको समेत फेला परेको छ । केही दिन अघि मात्र बिराटनगर भन्सार कार्यालयले सरकारी गाडीले भारतबाट सामान ओसारपसार गरेको तथा तस्करी गरेको पाईएपछि नियन्त्रणमा लिएको थियो ।

त्यस्तै बिभिन्न समयमा सरकारी गाडीहरु दुरुपयोग हुँदै आएका छन् । स्थानीय पालिकाहरुमा हरेक पालिकाले वडा अध्यक्षको लागि मोटरसाईकल किनेर दिएका छन् भने हरेक पालिकाले स्कारपियो खरिद गरेका छन् अनी ति गाडीको महत्वको बारेमा उनीहरुले जाकनारी नै राख्दैनन् । कतिपय वडा अध्यक्षहरुले सरकारी नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएर समेत चलाउने गरेको पाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्