विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा बि.एच.एम प्रथम सेमेस्टरका बिद्यार्थीलाई भारतको एक होटलको अध्ययन भ्रमण गराएको छ । यस बर्ष भर्ना भएका २१ जना विद्यार्थी भारतको सिलिगुरी अवस्थित पाँच तारे रोयल सरोवर हाटलमा तीन दिने होटल अवलोकन तथा प्रयोगात्मक सिकाईका लागि प्रस्थान गरेका हो । बि.एच.एम अध्ययन बिद्यार्थीको लागि कलेजको प्रयोगात्मक कक्षा मात्र पर्याप्त नहुने भएकोले रियल इन्डष्ट्री भ्रमण गराएको क्याम्पसका बि.एच.एम संयोजक सुरेन्द्र मण्डलले बताए । 
व्यवहारिक ज्ञान सिकाईकालागि उक्त ठाउँमा विद्यार्थीहरु पु¥याएसँगैmबिार्थीहरु उत्साहित भएका छन् । भ्रमणका क्रममा विद्यार्थीहरुले हाउस किपिङ , उत्पादन, वितरण लागायतको अवलोकन गरे । होटल र कलेज बिच विद्यार्थीहरुलाई हरेक बर्ष ईन्टर्नसिप र रोजगारको समेत व्यवस्था गर्ने सहमति भएकोछ। कलेजमा भर्ना भएको १५ दिन नबित्दै यसखालको अवसर पाएका विद्यार्थीहरुले होटल अवलोकन पश्चात् धरै कुराको ज्ञान भएको बताए ।
अवलोकाबाट धरै आधारभुत ज्ञान हाँसिल भएको र त्यसका निमित्त सबै विद्याथी तयार हुनु पर्ने बिद्यार्थी सुजन बोहाराले बताए । बिभिन्न कलेज तथा होलहरुको अध्ययन भ्रमण, प्रयोगात्मक अध्ययनले बिद्यार्थीमा उर्जा थप्ने क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । यो सुरुवात मात्र भएको र आगामी दिनमा देश विदेशका अन्य तारे होटलका लागि पनि विद्यार्थी तयार गर्ने र दक्ष जनशक्तीका लागि उपयुक्त वातावरण तयार गर्ने उनले बताए ।