मोरङको धनपालथान २ को उप–चुनावमा नेकपा पराजीत, कांग्रेस विजयी

मोरङको धनपालथान २ को उप–चुनावमा नेकपा पराजीत, कांग्रेस विजयी

रबिन्द्र बराल,
रंगेली । मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । नेकपाका पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरे भने बिजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो वडामा यस अघिको निर्वाचनमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाईजेशनका मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गरे । त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गरिन् । ४०७४ मतदाता रहेकोमा ३२८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्