मोरङको सुन्दरहरैंचामा बोरामा हालेर बच्चा चोर्दा चोर्दै भेटेपछि..

<span class='c1'>मोरङको सुन्दरहरैंचामा बोरामा हालेर बच्चा</span> <span class='c2'>चोर्दा चोर्दै  भेटेपछि..</span>

विराटनगर ।  मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। शनिबार साँझ ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन।

घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन।

गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए। चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्