रबिन्द्र बराल
रंगेली । मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एकदिने निःशुल्क एकीकत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिला स्वास्थ्य हेर्चाहा मेला तथा स्वास्थ्य जाँच समेत गराएका थिए । सुनवर्सी नगरपालिका वडा नम्बर ८ स्थित सिक्टीमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा डाईनिया, वरडङ्गा, हर्चनगढी, कुडेली सिक्टि र भारतको सैरावाद लगायतका स्थानीयले स्वास्थ्य लाभ लिएका छन् । टाईम्स अस्पतालका सर्जन बिभागका डाक्टर प्रदिप यादवले महिलाहरुको उल्लेख्य सहभागीता रहेको बताए । 
शिविरमा पाठेघर खस्ने समस्या भएका महिलाहरुले लाभ लिएको उनको भनाई छ । प्रेसर र सुगरका बिरामीहरु बढी फेला परेका छन् । शिविरमा ३ सय जना बिरामीहरुले चेकजाँच गराउनका साथै अधिकांश महिलाहरुले पाठेघरको परिक्षण समेत गराएका थिए । टाईम्स अस्पतालका ब्यवस्थापन प्रमुख पारस मण्डल, अस्पतालका वरिष्ठ स्त्रीरोग बिषेशज्ञ फरिदा खातुन, डाक्टर हर्ष नारायण झा, लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।