धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम

धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम

धरान । धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको अग्रता कायम छ । धरानका वडा नम्बरहरू १४ देखि २० सम्मका सात वडाको मतगणनामा नेपाली कांग्रेस ४७७ मतले अगाडि छ । धरानमा कुल २० वडा छन् ।कुल २३४०९ मत गणना हुँदा कांग्रेसले तिलक राईले १०९९४ र नेकपाका प्रकाश राईले १०५१७ मत पाएका छन् ।

वडा नम्बर १५ को गणनामा मतान्तर साँगुरो बनाउने अपेक्षा नेकपाको अपेक्षा थियो । तर, सोचेअनुरुप मत नआएको बताइन्छ । अब वडा नम्बर ७ र ८ मा नेकपाको आशा रहेको छ । बाँकी वडामा भने दुवै बढी नै पार्टी प्रतिस्पर्धी छन् । धरानमा यसअघिको निर्वाचनमा मेयर, उपमेयरसहित बहुमत वडामा तत्कालिन एमालेले विजय हासिल गरेको थियो । विजयी मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्