विराटनगरको एम्स कलेजमा मेनेजमेण्ट क्विज

<span class='c1'>विराटनगरको एम्स कलेजमा</span> <span class='c2'>मेनेजमेण्ट क्विज</span>

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजका विद्यार्थीहरुले कलेजका विभिन्न सदनका विद्यार्थीहरु बिच मेनेजमेण्ट क्विज गरेका छन् । कलेजको नियमानुसार विद्यार्थी क्लब मध्येको ट्युलिप हाउसका विद्यार्थीहरुले कलेजले प्रदान गरेको मासिक परियोजना अन्तर्गतको कार्य गरेका हुन् ।
यस प्रकारको कलेजको चलनले विद्यार्थीलाई इभेन्ट म्यानेज गर्न सिकाउने र यस्तो अभ्यासले विद्यार्थीहरुको नेतृत्वको विकास हुने ट्युलिप हाउसका अध्यक्ष विद्यार्थी निश्चल आचार्यले बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सि.एम. बस्नेतले विद्यार्थीको आत्मावल बढ्ने र ब्यवस्थापन कला सिक्ने बताए । कार्यक्रमा मेरीगोल्ड हाउसका विद्यार्थी सोजल राई, आकाश साह र मनिष शर्मा प्रथम भए भने लिली हाउसका विद्यार्थी इसिका श्रेष्ठ, आशिष रोय र सोनु रौनियार द्वितीय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्