यी ब्यक्ति जसले विराटनगरका तीनजनाको ब्याग र मोवाईल चोरे, २ बर्ष ११ महिना ३ दिन कैद

यी ब्यक्ति जसले  विराटनगरका  तीनजनाको ब्याग र मोवाईल चोरे, २ बर्ष ११ महिना ३ दिन कैद

विराटनगर । विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर १० बस्ने बर्ष २४को शिवराज चौधरीलाई मोरङ जिल्ला अदालतको २०७६ जेठ १३ गतेको फैसलामा ३० हजार जरिवाना र २ बर्ष ११ महिना ३ दिन कैद सजाय सुनाएको थियो ।
फरार रहेकामा चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज विराटनगर १० शान्तिचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरले जनाएको छ ।
पक्राउ परेका ब्यक्ति यस्तो घटनामा संलग्न
पक्राउ परेका ब्यक्तिले २०७५ कात्तिक १४ गते बिराटनगर महानगरपालिका ४ स्थित नोबेल अस्पताल तर्फ जाँदै गरेका कटहरीका निरज भन्ने दर्पन श्रेष्ठकोे सामसुङ जे सेभेन मोबाईल खोसेर भागेका उनलाई मंसिर १ गते पक्राउ गरि मोवाईल फेला पारी कानुन बमोजिम अनुसन्धान गरीएकोमा जिल्ला जेठ१३ गते फैसलाले १० हजार जरीवाना र १ बर्ष कैद सजाय भएको थियो ।
त्यस्तै २०७५कात्तिक १६ गते विराटनगर महानगरपािका वार्ड नम्बर ८ आरके चिल्ड्रेन अस्पताल अगाडी विराटनगर महानगर वडा नम्वर ८ बस्ने बर्ष २५ कि एक महिलालाई पैदल हिड्दै गईरहेको अवस्थामा पछाडी बाट लेडिज ब्याग खोसि भागेको समेत उनलाई आरोप लागेको थियो ।
व्याग भित्र नगद १८ हजार ४ सय सहित सामसुङ जेटु मोबाईल र गोल्डेन रङको घडी समेत चोरी भागेकोमा उनलाई २०७५ मैसिर १ गते चोरीको मोबाईल सहित कानुन बमोजिम अनुसन्धान गरिएकोमा मोरङ जिल्ला अदालतको मिति २०७६ जेठ १३ गतेको फैसलाले १५ हजार जरीवाना र १ बर्ष ६ महिना कैद सजाय भएको तोकिएको थियो ।
त्यसैगरी २०७५ कात्तिक २५ गते विराटनगर महानगरपलिका वार्ड नम्बर ७ नेपाल टेलिकम नजिक विराटनगर महानगर वडा ७ वस्ने बर्ष ३७ कि चन्द्रकला बस्नेत पैदल हिड्दै गईरहेको अवस्थामा पछाडीबाट चौधरीले एक्कासी लेडिज ब्याग खोसि भागेका थिए ।
व्याग भित्र नगद ६ हजार महालक्ष्मी विकास बैंकको एटिएम कार्ड, नागरिकता, सेतो रङको मोवाईल, चाँदीको सिक्का र चस्मा समेत चोरी लगेकोमा २०७५ मंसिर १ गते उनलार्ई पक्राउ गरी कानुन बमोजिम अनुसन्धान भएको थियो । उक्त मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ जेठ १३ गतेको फैसलाले ५ हजार जरिवाना ६ महिना कैद सजाय भएको थियो ।

बिभिन्न तीन घटनामा संलग्न शिवजराज चौधरीलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक कारवाहीको लागि मोरङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार खिउजुले बताए । चौधरीलाई आजै जिल्ला कारागार मोरङमा कैद भुक्तानको लागि पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्