विराटनगरबाट सिद्धबाबा आइसियुबाटै समातिए,डाक्टरको भने विरोध

विराटनगरबाट सिद्धबाबा आइसियुबाटै समातिए,डाक्टरको भने विरोध

विराटनगर मङ्सिर १६

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउदै नियन्त्रणमा लिइएको हो ।

बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली अस्पताल पुगेको थियो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय ल्याइएको डिएसपी शर्माले जानकारी दिए ।

शर्माका अनुसार गिरीको स्वास्थ्य अबस्था सामान्य रहेको र नियन्त्रणमा लिइएको बताए ।
उनलाई आइतबार दिउसो अर्ट अट्याक भएको भन्दै आईसीयूमा गरिएको थियो । तर बिहान पूंन भक्तजनसँग भेटघाट गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइ सुनसरी ल्याएको हो ।
गिरीलाई नियन्त्रणमा लिदा अस्पताल प्रशासनले बिरोध गरेको थियो । स्वास्थ्य स्थिति सामान्य नहुदै प्रहरीले नियन्त्रणमा लिएको भन्दै चिकित्सकहरुले प्रहरीको बिरोध गरेका थिए ।

उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्