धर्मगुरु कृष्णदास अस्पतालबाटै पक्राउ, विराटनगरबाट एम्मबुलेन्समा सुनसरी लगियो

धर्मगुरु कृष्णदास अस्पतालबाटै पक्राउ, विराटनगरबाट एम्मबुलेन्समा सुनसरी लगियो

विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले एम्बुलेन्समा हालेर सुनसरी लगेको छ । विरामीको नाटक गर्दै अस्पतालमा नै बस्न थाले पछि प्रहरीले कृष्णदास गिरीलाई एम्बुलेन्समा चढाएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगेको हो । उनलाई बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट नियन्त्रणमा लिएको हो । प्रहरीले बिगत तीन दिन देखि निगरानीमा राखिएको बताउँदै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा नेतृत्वमा आएको प्रहरी टोलीले अस्पतालको गाईनो वार्डमा राखिएका गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको डिएसपी शर्माले जानकारी दिए ।
शर्माका अनुसार गिरीको स्वास्थ्य अबस्था सामान्य रहेको र नियन्त्रणमा लिइएको हो । आइतबार बिहान डिएसपीकै नेतृत्वमा गएको प्रहरीको टोली पुग्ने बितिकै हर्ट अट्याक भएको भन्दै उनलाई आईसीयूमा लगिएको थियो ।
सोमवार विहान आफ्ना अनुयायी भक्तहरुसँग भेटघाट गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको अस्पताल श्रोतले जनाएको छ । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने प्रहरीको तयारी छ ।
कृष्णदास भन्छन्, ‘प्रहरीलाई सहयोग गरिरहेको छु’
सुनसरीको चतराधामका धर्मगुरु कृष्णदास गिरीको चर्चा छ । एक महिला माथी बलात्कार गरेको आरोप लागेको हो । आफ्नै महिला अनुयायीले जबरजस्ती करणी गरेको आरोप लगाउदै कारबाहीको माग गर्दै ती प्रहरीमा पुगेपछि कृष्णदास प्रहरीको निगरारनीमा थिए । एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले काठमाडौेँ प्रहरीमा उजुरी दिएपछि त्यहाँबाट सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएको थियो । उजुरी आएसँगै जिल्ला प्रहरी कार्यालयले सुनसरी अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई निगरानीमा राख्दै आएको थियो ।
पछिल्लो समयमा कृष्णदास गिरीले आफूबाट गल्ति भएको भन्दै फोनमा रुदै बोलेको कुरा सार्वजनिक भएको छ । यसरी उनले रुदै माफी मागेको अडियो सार्वजनिक भएपछि यो घटनाले आम मानिसमा एउटा छुट्टै तरङ्ग नै ल्याइदिएको छ ।
कृष्णदास गिरी सोमबार बिहान ५ बजेसम्म विराटनगरको विराट नर्सिङ होमको स्त्री रोग तथा प्रशुति विभागको डिलक्स क्याविन नम्बर ५ मा बसेका थिए । रुदै माफी मागेको अडियो बाहिरीएपछि वास्तविकता के हो त भनी कृष्णदासको प्रतिक्रियाको लागि पुगेका थियाँै ।
फोनमा बोलेको कुरा आफ्नो आवाज नभएको कृष्णदासलले दावी गरे । आफुबाट गल्ति नभएको र कानुनको पालना गर्ने भएकोले प्रहरीलाई सहयोग गरेको दाबी उनको थियो । ‘म प्रहरीलाई सहयोग गर्नको लागि तयार छु उनले भने, ‘जुन मेरो भन्दै सार्बजनि भएको अडियो त्यो मेरो हैन बनाईएको हो ।’ कृष्णदासलाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको टोली विराट नर्सिङ होम आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्