बोमन इरानी : जो पाँचतारे होटलमा वेटरको काम गर्दथे (उनीबारे रोचक जानकारी)

बोमन इरानी : जो पाँचतारे होटलमा वेटरको काम गर्दथे (उनीबारे रोचक जानकारी)

बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ला तर एक समय यस्तो थियो जब उनी बलिउडमा आउनै चाहँदैनथे । उनी पाँचतारे होटलमा वेटरको काम गर्दथे । यसबारे उनी आफैंले जानकारी दिएका हुन् ।बोमन इरानीले आफ्नो जीवनसँग जोडिएका विभिन्न कुरा राज्यसभा टिभीको च्याट शो गुफ्तगूमा सेयर गरेका थिए । उनका अनुसार फिल्ममा आउनु अघि उनी फेशन फोटोग्राफी गर्थे । यद्यपि, उनी थिएटरमा पनि काम गर्दथे तर उनी नायक भने बन्न चाहँदैनथे जसकारण उनले थुप्रै फिल्मको अफर अस्विकार गरे ।

बोमनले बताए अनुसार उनी खासै राम्रा विद्यार्थी होइनन् जसका कारण स्कूलको पढाई पूरा भएपछि उनीसँग खासै विकल्प थिएनन् । त्यसकारण उनले आफूले शानदार काम गर्न सक्ने क्षेत्र रोज्ने निश्चित गरे । त्यसकारण उनले तालिम लिएर पाँचतारे होटलमा वेटर बने । दुई वर्षसम्म काम गरेपछि उनले पसल पनि चलाए । उनलाई फिल्महरु हेर्न निकै रुचीसमेत भएको उनले बताए । पसल बन्द गरेपछि उनी धेरैजसो फिल्म हेर्न पुग्थे । यस्तै, उनले ३२ वर्षको उमेरमा फोटोग्राफी सुरु गरे । फोटोग्राफीकै क्रममा उनले ४४ वर्षमा त्यो फिल्म पाए जसले उनलाई बलिउडको सुपरस्टार बनाइदियो  र त्यो फिल्म थियो राजकुमार हिरानीको ‘मुन्नाभाइ एमबीबीएस’ । यद्यपि, उनी फिल्ममा आउन चाहँदैनथे किनभने उनी आफूलाई फोटोग्राफरको रुपमा स्थापित गर्न चाहन्थे तर फिल्म निर्माता विनोद चोपडाको आग्रहमा उनले फोटोग्राफीबाट १४ दिनको छुट्टी लिएर ‘मुन्नाभाइ एमबीबीएस’ गरे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्