धरान मङ्सिर १६ ,
धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ ।
धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ३९३ मत प्राप्त गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले ११२६ मत प्राप्त गरेका छन् भने समाजवादी पार्टीका गजेन्द्रबहादुर लिम्बुले ७३५ मत प्राप्त गरेका छन् ।
अब मत गन्न बाँकि ७ नम्बर वार्डकाे मात्र रहेको छ ।