प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा भोजपुरमा दुई ठूला आयोजनाको शिलान्यास

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईद्वारा भोजपुरमा दुई ठूला आयोजनाको शिलान्यास

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले बालागुरु षडानन्दको १८५औँ जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आइतबार शिलान्यास गर्नुभएको हो ।

मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताउनुभयो । “बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ”, उहाँले भन्नुभयो । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताउनुभयो । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्