धरानमा तोडियो २८ वर्षको कम्युनिष्ट किल्ला,मेयरमा कांग्रेसका तिलक राई बिजयी

<span class='c1'>धरानमा तोडियो २८ वर्षको कम्युनिष्ट</span> <span class='c2'>किल्ला,मेयरमा कांग्रेसका तिलक राई बिजयी</span>

धरान मङ्सिर १६ ,

कम्युनिष्ट को लालकिल्ला मानिने धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।

तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउन सफल भए ।

तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।

दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्