धरानमा अर्को रोचक नतिजा : वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतले बिजयी

धरानमा अर्को रोचक नतिजा : वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतले बिजयी

बिराटनगर मङ्सिर १६  ।

धरान उपहानगरपालिकामा  मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। उक्त रोचक नतिजापछी फेरी पनि धरानमा अर्को रोचक नतिजा आएको छ ।

धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । झिनो १ मतले नेकपाले भने धरानमा वडाध्यक्षमा जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्