उपनिर्वाचनको सबै स्थानको नतिजा प्राप्त, यस्तो छ दलको जितको संख्या !

उपनिर्वाचनको सबै स्थानको नतिजा प्राप्त, यस्तो छ दलको जितको संख्या !

काठमाडौं  मङ्सिर १६ :,

शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो।

स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।  जसमध्ये ३० पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी(नेकपा)का उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २३ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन्।  एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्