बलात्कार आरोप लागेका सिद्धबाबालाई ४ दिन म्याद थप गरियो, अस्पताल मै राखेर उपचार गर्ने

बलात्कार आरोप लागेका सिद्धबाबालाई ४ दिन म्याद थप गरियो, अस्पताल मै राखेर उपचार गर्ने

विराटनगर । सुनसरी चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ ।
सिद्धबाबालाई आज विहान ४ बजे विराट नर्सिङ होमबाट एम्बुलेन्समा सुनसरी अस्पताल लगिएको थियो । उनलाई पुन आज नै व्हीलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो ।


न्यायाधीश धर्मराज पौडेलको इजालासले थुनामा राखेर अनुसन्धान गर्न समय थप गरेको हो । जिल्ला अस्पताल इनरुवा सुनसरीबाट व्हीलचियरमा राखेर उनलाई म्याद थपको लागि जिल्ला अदालत लगिएको हो । प्रहरीका अनुसार अदालतले ४ दिनका लागी म्याद थप गरेको छ ।

सिद्धबाबाकी एक अनुयायील आफूलाई सिद्धबाबाले बलात्कार गरेको आरोप लगाउँदै सिआईबीमा उजुरी दिएकी थिइन । त्यस लगत्तै बिरामी परेको भन्दै सिद्धबाबा उपचारको लागि विराटन नर्सिङ होममा भर्ना भएका थिए । उनलाई मुटु, मृगौलाको पत्थरी र प्रोस्टेट सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्