५ वर्षमा विराटनगर विमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय हुने, साना जहाज प्रदेशबाट

५ वर्षमा विराटनगर विमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय हुने, साना जहाज प्रदेशबाट

विराटनगर । विराटनगर विमानस्थललाई अबको पाँच वर्ष भित्र क्षेत्रीय अन्तराष्ट्रिय बन्ने काम शुरु हुने भएको छ । प्राधिकरणका इञ्जिनियरले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा गुरुयोजना तयार गरी आज बिराटनगरको होटल एसियाटिकमा प्रस्तुत गरेसँगै आएको प्रतिक्रियालाई समेटेर ५ बर्ष भित्रमा बिमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय बनाउने काम शुरु हुने भएको हो ।

संघीय सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अब जग्गा अधिग्रहण गर्ने विषयमा क्याविनेटबाट चाँडै निर्णय गर्ने बताए । अबको पाँच बर्ष भित्रमा विराटनगर विमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय बन्छ, तपाईहरु ढुक्क हुनुहोस, गुरुयोजना बन्नुनै यसको सुरुवात भएको मन्त्री भट्टराईको भनाई छ ।
विराटनगर विमानस्थल मध्यम विमानस्थल बन्ने भएकाले तीन हजार मिटरको धावनमार्ग बन्ने गरी जग्गा अधिग्रहण गर्ने र विमानस्थल भने २५ मिटरको बन्ने उनले जानकारी दिए । यो विमानस्थलको स्तरउन्नती पछि ठूला नभए पनि मध्यम खालका विमानले अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्न सक्ने मन्त्री भट्टराईले बताए । ‘पाँच वर्ष भित्रै क्षेत्रीय अन्तराष्ट्रिय बन्छ, मन्त्री भट्टराईले भने, विरानगरबाट मध्यम खालका विमानले विदेश पनि उडान गर्न सक्छन्, त्यसको प्रयोग यो विमानस्थलले गर्छ ।’
बंगलादेशको सहिदपुरबाट विराटनगर विमानस्थलमा उडान गर्न सकिने सम्भावना देखिएकाले यसमा सरकार त्यसको तयारी र थप अध्यायन गरीरहेको मन्त्री भट्टराईको भनाई छ । विमानस्थलका स्तरउन्नती गर्न प्रदेश, स्थानीय र निजी क्षेत्रले पनि लगानी र चासो देखाउनु पर्नेमा मन्त्री भट्टराईको जोड थियो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थलको सुधारका लागि प्रदेश सरकार जस्तो सुकै जिम्मेवारी र भूमिका निर्वाह गर्न तयार रहेको बताए । संघीय सरकारले प्रदेशले यो गर्नुर्पयो भनोस् हामी तयार गछौँ, मुख्यमन्त्री राईले भने, संघीय सरकाले फुकाउनुपर्ने बाधा र काम चाँडो गरोस ।’
साना जहाजलाई कडाई
काठमाडौं बाहिरका विमानस्थलमा (बेस) बास बस्ने अनुमति लिएका वायुसेवा कम्पनीले अब बाहिरै विमान राख्नु पर्ने भएको छ । संघीय सरकारले बाहिरै राख्नेगरी कडाई गर्न गर्ने भएपछि ति कम्पनीहरु बहिरी बेशमा नै बस्नुपर्ने भएको हो । काठमाडौं बाहिर बेसको अनुमति लिएका एयरलाइन्सले समेत विभिन्न बहान बनाएर राती काठमाडौं पुग्ने गरेका छन् । अब अनुमति लिएको स्थानमा नबसे सरकारले कारवाही तयारी गरेको हो । ‘अब आनाकानी चल्दैन, जहाँ बेस भनिएको छ त्यहीँ बस्नुपर्छ, मन्त्री भट्टराईले भने, बस्ने पूर्वाधार र स्थानको व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ, यो भयो भने पनि प्रदेशमा चहलपहल बढ्ने छ ।’
विमानस्थलमा बस्ने स्थान, क्षमता कम, अन्य आवश्यक संरचना र सुविधा नभएको कम्जोरी देखाउँदै काठमाडौं फर्कने एयरलाइन्स धेरै रहेकाले यसको तथ्यांक निकाल्ने काम भईरहेको मन्त्री भट्टराईले बताए ।
साना जहाजलाई प्रदेश केन्द्र बनाएर प्रादेशिक र माउण्टेन फ्लाइट गराउने सरकारको तयारी छ । प्रदेश १ बाट माउण्टेन फ्लाइटको सम्भाव्यता अध्यायन गरी यस्तो फ्लाइट गर्ने कम्पनीसँग संघीय सरकारले छलफल गरिरहेको र यसका लागि प्रदेश र विमानस्थल भएका क्षेत्रका स्थानीय सरकारले पनि चासो दिनु पर्ने बारेमा पनि छलफल भएको छ । यस्ता उडानहरु प्रदेश सरकार र स्थानीय सरकारले गर्न सक्ने संघीय मन्त्रीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्