झापाबाट १३ लाख ८६ हजारको सुपारी बरामद

<span class='c1'>झापाबाट १३ लाख ८६</span> <span class='c2'>हजारको सुपारी बरामद</span>

झापा । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ठुलो परिमाणको सुपारी बरामद भएको छ । नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा गएराती जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरी लैजाने तयारी रहेको सुपारी बरामद गरेको हो । करिब ४ हजार ६ सय २० केजी करिब १३ लाख ८६ हजार रुपैयाँ पर्ने सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्