भत्काईयो विराटनगरको महेन्द्र चोक (फोटो फिचर)

भत्काईयो विराटनगरको महेन्द्र चोक (फोटो फिचर)

विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो ।
सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लगाएर ढालिएको थियो । ६ लेन सडक निर्माण गर्दै गर्दा महेन्द्रचोकको पार्क भएको गोलाकारले सडक साँगुरो हुने भएपछि भत्काईएको ६ लेन सडक परियोजनाले जनाएको छ । गाडीहरु सिधै ओहोरदोहोर गर्न तथा घुमाउँदा टर्निङ गर्न समेत समस्इा हुँदै आएको थियो । ट्राफिक चोक जाने, नेपाल बजार पस्चिम जाने र उत्तर दक्षिणका सवारी साधनहरु एकै ठाउँमा जम्मा हुँदा ट्राफिक ब्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो ।
देख्दा सानो भएपनि महेन्द्र चोकको बगैँचाले सुन्दरता भने प्रदान गरेको थियो ।  भत्काईएसँगै सडक विस्तारले महेन्द्र चोक उजाड देखिएको छ । यस्तो छ फोटोमा महेन्द्र चोक ।

 

[caption id="attachment_100647" align="alignnone" width="1024"] विराटनगरको मेहन्द्र चौक यसरी भत्कीयो[/caption]

[caption id="attachment_100649" align="alignnone" width="1024"] विराटनगर महानगरपालिकाको टिप्परमा फुलका विरुवा लग्दै ।[/caption]

[caption id="attachment_100650" align="alignnone" width="1024"] विराटनगर महानगरपालिकाको टिप्परमा फुलका विरुवा लग्दै ।[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्