विराटनगरमा सुरु भयो रेष्टुरेन्टहरुको खाना घरमै डेलिभर हुने सेवा

विराटनगरमा सुरु भयो रेष्टुरेन्टहरुको खाना घरमै डेलिभर हुने सेवा

बिराटनगर मङ्सिर १७ , 

विराटनगरका बिभिन्न नाम चलेका रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु ‘क्विकर फुड’मा उपलब्ध छन। क्विकर फुड एप बाट कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ । अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेमा) मिनेटमै तपाईंको टेबुलमा वा घरको ढोकामै खाना आइपुग्छ ।

बिहान १०:०० बजे देखि राती १०:०० बजेसम्म अर्डर लिने क्विकर फुड ले दैनिक औसतमा १०० देखि १२० वटासम्म अर्डरहरु लिने गर्छ । कम्पनीमा प्रसाशनिक काम गर्न र अर्डर ब्यवस्थापन गर्न १० जना र डेलिभरी गर्न २० जना कर्मचारी रहेका छन् ।

हाल उत्तरमा टंकीसिन्वारी र दक्षिणमा रानी सम्म र विराटनगरको सम्पुर्ण वडाहरुमा आफ्नो सेवाहरु उपलब्ध गराइरहेको छ । खाना र खाजाको पैसा रेष्टुरेन्टको मेनु भन्दा फरक पर्दैन । डेलिभरी चार्ज निशुल्क रहेको छ।

क्विकर फुड एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोर दुबैमा उपलब्ध छ, अडर गर्नका लागि एप डाउन्लोड वा वेबसाईट https://quikrfood.com लग इन वा सोझै फोन मार्फत गर्न सक्नु हुन्छ।

बिर्यानी, पिज्जा र मःम बढी रुचाइने परिकारहरु भएको क्विकर फुडका प्रबन्ध निर्देशक प्रगिश बस्नेतले जानकारी दिए।आगामी दिनहरुमा ब्यवसायलाई थप बिस्तार गर्दै प्रदेश नम्बर १ को इटहरी, धरान, दमक लाने योजना छ,’ बस्नेत भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्