विराटनगरको घोगापुल चोकमा मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी

विराटनगरको घोगापुल चोकमा मुलचन तापडियाको घरबाट १५ तोला सुन सहित ५० हजार चोरी

विराटनगर । विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिन अघि मात्र पसल फेडेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरी शुरु भएको हो । सोमबार साँझ विराटनगर ९ स्थित घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
साँझ घरका सबै परिवार बजार गएको समयमा घरको पछाडीको ढोका फोडेर चोरीे गरेको तापडियाले बताए । चोरीको बारेमा प्रहरीलाई खबर गरिएको भएपनि कसले चोरी गरेको भन्ने बारमा जानकारी नभएको तापडिया बताउँछन् । यता जिल्ला प्रहरी कार्यालय मोरङले चोरीमा संलग्नको खोजी भई रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्