गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु

<span class='c1'>गढीमाई दर्शन गर्न आएका एक</span> <span class='c2'>दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु</span>

बारा, मंसिर १७ गते ।

गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको बारा प्रहरीले जनाएको छ ।

गढीमाईको मन्दिर नजिकैको उत्तरपट्टीको पाकिङ्गस्थलमा मंगलवार विहान १ बजे सपरिवार सुति रहेको अवस्थामा नम्बर नरहेका अनटेष्ट बलवान ट्रयाक्टले रायलाई किचेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
मृत्तक रायको शव परीक्षणगर्न गएराती नै जिल्ला अस्पताल कलैयामा ल्याइएको तथा ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।

दुई दिनअधि गढीमाईको मेला देखेर घर फक्रिने क्रममा भारतीय नम्बर प्लेटका मोटरसाईल अनियन्त्रित भई बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४ हर्दिया निवासी २० बर्षिय बृजप्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्