विराटनगरमा छाडा चौपाया समस्या, नियन्त्रणमा महानगरको चासो गएन

विराटनगरमा छाडा चौपाया समस्या, नियन्त्रणमा महानगरको चासो गएन

विराटनगर । विराटनगरका मुख्य सडकमा छाडिने छाडा चौपायाका कारण निक्कै ठुला समस्याहरु सिर्जना हुँदै आएको छ । विराटनगर महानगरपालिका भित्र रहेको मुख्य सडक बिराटनगर ईटहरी ६ लेन सडकमा मात्र हैन भित्री सडकमा पनि छाडा चौपायाका कारण सवारी दुर्घटना हुँदै आएको छ । सडकको बिचमा भागमा छाडिने चौपायाका कारण ठुलो समस्या की त सवारी चालकलाई छ की ट्राफिक प्रहरीलाई पर्दै आएको छ ।
विराटनगर महानगरपालिका भित्र छाडिएको छाडा चौपायका कारण ठुला दुर्घटना समेत हुँदै आएको छ । विराटनगरको धरानरोड स्थित भट्टिमोड छाडा चौपाया प्राय देखिने ठाउँ हो । यो ठाउँ सँधै ट्राफिक ब्यवस्थापनको समस्याग्रस्त ठाउँको रुपमा रहेको छ ।
व्यस्त रहने सडकमा छाडा चौपाया छाडिँदा सडक नै अवरुद्ध हुने गरेको छ । जसका कारण ट्राफिक ब्यवस्थापनमा समस्या हुने, दुर्घटना हुने सम्भावना समेत हुने गरेको छ । भट्टिमोड आसपासमा रहेका पसलहरुका फलफूल खाइदिने तथा बेच्न राखेको मालसामान भत्काइदिने गरेको स्थानीय ब्यापारी बताउँछन् ।
पशुपति फ्रुट सेन्टरका सुरजकुमार पोदारले गाईबाछाले धेरै दुःख दिने गरेको बताए । आएर फलफूल खाइदिने सामान विगार्ने गरेको सुनाए । यस बारेमा पटक पटक बिराटनगर महानगरपालिकालाई जानकारी गराउँदा समेत वास्ता नगर्ने गरेको उनको भनाई छ । गाई, गोरु तथा सुँगुर र कुकुर समस्याको रुपमा रहेको उनले बताए ।
छाडा चौपाया नियन्त्रण गर्नको लागि महानगरपालिकाले जनप्रतिनिधि निर्र्वाचित भएर आएपछि नै अभियान चलाउने भन्दै काम शुरु गरेको भएपनि त्यसलाई प्रभावकारी रुपमा कार्यान्वायन गर्न नसक्दा अहिले पनि यो समस्या उसै गरी देखिँदै आएको छ। छाडा चौपायालाई सडकबाट हटाउने वा नियन्त्रणमा लिने भन्ने बारेमा महानगरपालिकाले कुनै कार्यक्रम संचालन नै गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्